चिकित्सा शिक्षा आयोगमा १२ औँ तहको एक सहित ७६ जना कर्मचारी रहने

काठमाडौँ, २९ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको सातौ बैठकमा बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको सम्वन्धन प्रक्रियाका बारेमा लामो छलफल भयो । तर, त्यस विषयमा के निर्णय भयो भन्ने ठोस निस्कर्ष सार्वजनिक भएको छैन् ।

सोही बैठकले आयोगका तर्फबाट पेश भएको अरु विषयमा भने धमाधम निर्णय गरेको छ ।

बैठकमा सहभागी एक जना सदस्यका अनुसार आयोगको कर्मचारी संरचना र दरबन्दीको विषयमा निर्णय भएको छ । १२ औँ तहका एक जना विशिष्ट श्रेणी सहित कुल ७६ जना कर्मचारी दरबन्दी राख्ने प्रस्ताव सर्वसम्मतीले पास भएको छ । यसलाई अव अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउने निर्णय गरिएको छ ।

यस्तै बैठकले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)द्धारा सञ्चालित नर्सिङ कलेज जसको आफ्नै अस्पताल छैन्, त्यस्ता कलेजका विद्यार्थीहरुलाई प्राक्टिकल गर्न सरकारी अस्पतालमा दिइने निर्णय भएको छ ।

नर्सिङ कलेज महाराजगञ्जले त शिक्षण अस्पतालमा प्राक्टिस गर्न मिल्यो । पोखरा, बीरगञ्ज लगायतका स्थानमा रहेका आइओएमका नर्सिङ कलेजका लागि प्राक्टिस गर्न आफ्नो अस्पताल छैन् । हो त्यस्ता कलेजहरुलाई अर्को व्यवस्था नभएसम्म सरकारी अस्पतालमा प्राक्टिस गर्न दिने निर्णय भएको छ ।

यस्तै बैठकले आयोगका लागि आर्थिक बर्ष २०७८ ७९ का लागि १ अर्व २ करोडको बजेटलाई स्वीकृत गरेको छ । यसमा सरकारको तर्फबाट ७२ करोड रुपैयाँ र आन्तरिक तर्फ ३० करोड रुपैयाँको बजेट स्वीकृत गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *