पछिल्लो २४ घण्टामा ६२९५ जना कोरोनामुक्त भए, ३३८४ संक्रमित थपिए


काठमाडौँ, २९ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ३ हजार ३ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ६ हजार २ सय ९५ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट निको दर ८६.९ प्रतिशत रहेको छ । त्यसैगरी आज थप ६१ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप ८ हजार ५०६ जनाको पीसीआर र ५ हजार ९८८ जनाको एन्टीजेन विधिबाट गरी कुल १४ हजार ४९४ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ३ हजार ३ सय ८४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ३९१ , भक्तपुरमा ७७ र ललितपुरमा १३० जना गरी काठमाडौँ उपत्यकामा ५ सय ९८ जना थपिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार २०६ जना र भेन्टीलेटरमा ३७३ जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *