स्वास्थ्य मन्त्री तामाङ र भारतीय राजदूतबिच भेटवार्ता, खोप खरिद सम्झौताबारे छलफल


काठमाडौँ, २९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ र नेपालका लागि भारतका महामहिम राजदुत श्री बिनय मोहन क्वात्रा बिच भेटवार्ता भएको छ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबार ( हिजो) भएको भेटवार्तामा स्वास्थ्यमन्त्री तामाङले कोभिड-१९ बिरुद्धको खोप खरीद सम्झौता र देखा परेका जटिलताका बारेमा चासो राखेका थिए।

साथै  भेटमा दुई मित्र राष्ट्रबिचको आपसी हित एवम् सहकार्य सम्बन्धमा समेत छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *