पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा जुनोटिक रोगलाई प्राथमिकिकरण गरियो

काठमाडौँ, २८ जेठ । सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकिकरण गरेको छ। बिहीबार बसेको प्रथम जुनोटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठीले १० वटा रोगलाई प्राथमिकिकरण गरेको हो।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार त्यसरी प्राथमिकिकरणमा परेका रोगहरुमा इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस, ब्रुसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस हाइडाटिडोसिस र टोक्जोप्लास्मोसिस रहेका छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयले जुनोटिक रोगहरुको प्राथमिकिकरण निर्धारण महाशाखालाई निर्देशन दिएको थियो ।

निर्देशक डा पौडेलले नयाँ निर्णयपछि सबै पक्षले यी प्राथमिकता परेका अवस्थाहरूको आवस्यक तयारी तथा जनचेतना प्रयोगशाला किटहरूको व्यवस्थापनका साथै औषधि व्यवस्थापन गर्न सहज हुने बताए ।

यसअघि नेपालका ६ वटा जुनोटिक रोग प्राथमिकिकरणमा परेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *