रुपन्देहीमा लक्षित उमेर समूहका ८२ प्रतिशतले भेरोसेल खोप लिए

रुपन्देही , २६ जेठ । रुपन्देहीमा पछिल्लो दुई दिनको अवधीमा ६२ देखि ६४ बर्ष उमेर समूहका ११ हजार ४५६ जनाले कोभिडबिरुद्धको खोप भेरोसेल लगाएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार पहिलो दिन ८ हजार ९९८ जना र बुधबार दोस्रो दिन २ हजार ४६० गरी कुल ११ हजार ४५६ जनाले खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार जिल्लामा ६२ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिको संख्या १४ हजार ५५ रहेको छ । त्यसमध्ये ११ हजार ४५६ जनाले खोप लगाउँदा आफूहरुको लक्ष्य ८२ प्रतिशत सफल भएको डा गिरीको भनाई छ । उनले बिहीबार पनि तिलोत्तमा लगायतका केही केन्द्रहरुमा खोप लगाउने योजना रहेको सुनाए ।

खोपका लागि जिल्लाले पहिलो दिन ६९ वटा खोप केन्द्र सञ्चालनमा ल्याएको थियो । तर दोस्रो दिन मर्चवार, रोहिनी, सैनामैना र सिद्धार्थनगर केन्द्रहरुमा खोप लगाइएन ।

डा गिरीले केही केन्द्रहरुमा विवाद भएका कारण खोप स्थगित गर्नुपरेको बताए । उनले दक्षिणी सिमा क्षेत्रका गाँउमा खोप कम लगाइएको पाइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *