देशभर थप ४३४४ जनामा कोरोना संक्रमण, ५७६८ जना संक्रमणमुक्त

काठमाडौँ, २६ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ५ हजार ७ सय ६८ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप ८१ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा कृष्ण प्रसाद पौडेलले बुधबार दिएको जानकारी अनुसार चौविस घण्टामा थप १२ हजार ७४ जनाको पीसीआर र ४ हजार ५ सय ६८ जनाको एन्टीजेन विधिबाट जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ४ हजार ३ सय ४४ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

जसमध्ये आज काठमाडौँमा ६ सय ७९ , भक्तपुरमा ८५ र ललितपुरमा १ सय ५१ जना गरी काठमाडौँ उपत्यकामा  ९ सय १५ जना थपिएको प्रबक्ता डा पौडेलले जानकारी गराए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *