मंगलबार ५६ हजार बढीले लगाए भेरोसेल खोपको पहिलो डोज

काठमाडौँ, २६ जेठ । ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई कोभिडबिरुद्धको खोप लगाउने अभियानको पहिलो दिन मंगलबार (हिजो) ५६ हजार ७४० जनाले पहिलो डोज खोप लगाएका छन् ।

देशभर तोकिएका १ हजार १४८ खोप केन्द्रबाट पहिलो दिन ५६ हजार ७४० जनाले भेरोसेल खोप पाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा झलक गौतमले यसपटक ६ लाख ६२ हजार ३६७ जनालाई भेरोसेल खोप दिने लक्ष्य लिइएको बताए । सो लक्ष्यमा पहिलो दिन ८.५७ प्रतिशतले मात्रै खोप लगाएका छन् ।

गत साता चीन सरकारको सहयोगमा प्राप्त १० लाख डोज र त्यसअघिकै बाँकी २ लाख ६२ हजार डोज गरी करीव १२ लाख ६२ हजार डोज भेरोसेल खोपबाट यो अभियान चलाइएको हो ।

५९ वर्ष सम्मका केहीले र ६५ बर्ष माथिकाले पहिलो डोज यसअघि नै खोप लगाउन पाएका थिए । ६० देखि ६४ बर्ष उमेर समूहका बीचमा रोकिएकोले यसपटक यो उमेर समूहका लागि खोप दिने निर्णय गरेको थियो ।

तर स्वास्थ्य सेवा विभागले खोप लगाउने जनसंख्या र खोपको उपलव्धता अनुसार प्रयाप्त नभएको भन्दै उपत्यका ६२ देखि ६४ बर्ष उमेर समूहका लागि मात्रै खोप दिने निर्णय गरेको छ ।

हिमाली जिल्लामा यसअघि छुट भएका ५५ बर्ष माथिका र तिब्बतसंग सिमा जोडिएका जिल्लामा १८ बर्ष माथिकाले खोप पाउने छन् । यस्तै फ्रन्टलाइनर स्वास्थ्यकर्मीको पनि खोप छुट भएमा यसपटक लगाउन मिल्ने गरी विभागले योजना बनाएको छ ।

भेरोसेल खोप पहिलो मात्रा लिएको १ महिना पछि दोस्रो मात्रा लिनुपर्ने बताइएको छ । यो खोप चिनियाँ कम्पनी सिनोफार्मको उत्पादन हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *