मंगलबार थप ५१५३ जनामा कोरोना संक्रमण, ६५७० जना संक्रमणमुक्त

248
Shares


काठमाडौँ, २५ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ५ हजार १ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ६ हजार ५ सय ७० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप १ सय ८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८३६ , भक्तपुरमा १२१ र ललितपुरमा २६९ जना गरी थप १ हजार २२६ जना थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप १२ हजार ६५ जनाको पीसीआर र ५ हजार ६ सय ११ जनाको एन्टीजेन विधिबाट जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ५ हजार १ सय ५३ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ३ सय २१ र भेन्टीलेटरमा ३७२ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *