मंगलबार थप ५१५३ जनामा कोरोना संक्रमण, ६५७० जना संक्रमणमुक्त


काठमाडौँ, २५ जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ५ हजार १ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ६ हजार ५ सय ७० जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप १ सय ८ जना संक्रमितले ज्यान गुमाएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८३६ , भक्तपुरमा १२१ र ललितपुरमा २६९ जना गरी थप १ हजार २२६ जना थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप १२ हजार ६५ जनाको पीसीआर र ५ हजार ६ सय ११ जनाको एन्टीजेन विधिबाट जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ५ हजार १ सय ५३ जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ३ सय २१ र भेन्टीलेटरमा ३७२ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *