भेरोसेल खोप लगाउने उमेर फेरि सच्याइयो, प्राथमिकतामा ६२ देखि ६४ बर्षका

2.7k
Shares

काठमाडौँ, २४ जेठ । सरकारले भोलि देखि ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई कोभिडबिरुद्धको खोप भेरोसेल दिने भनेको थियो । तर, अन्तिम समय आएर उपत्यका बाहिरका जिल्ल्लामा उमेर समूहमा संसोधन गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ । उसले खोप उपलव्धताको आधारमा यो निर्णय गर्न प्रदेश स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको छ । तर काठमाडाँै उपत्यकामा भने ६० देखि ६४ बर्ष उमेर समूहले नै खोप पाउने बताइएको छ ।

यस्तै हिमाली जिल्लामा यसअघि नै ५५ बर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरुलाई सोही उमेर समूहकालाई दिने बताइएको छ । तिब्बतसंग सिमा जोडिएका जिल्लामा भने १८ देखि ६४ बर्ष उमेर समूहकालाई नै दिइने बताइएको छ ।

यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न, ओजेटि गरेका नर्सिङ्ग तथा प्यारामेडिक्सहरु जो प्रत्यक्ष बिरामीको जाँचमा सहभागी छन्, उनीहरुलाई मात्रै दिने योजना रहेको समेत महाशाखाले स्पष्ट पारेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *