कोरोना नियन्त्रण पहिलो प्राथमिकता : स्वास्थ्य मन्त्री तामाङ

काठमाडौँ, २४ जेठ । स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कोरोना नियन्त्रण गर्ने आफ्नो पहिलो लक्ष्य रहेको बताएका छन् । उनले परीक्षण उपचार र खोपको सहज उपलव्धताका लागि आफ्नो ध्यान केन्द्रीत रहेको समेत जानकारी दिएका छन् ।

पदवहालीपछि सोमबार गरेको पहिलो पत्रकार सम्मेलनमा मन्त्री तामाङ ले आउन सक्ने भनिएको सम्भावित तेस्रो लहरकाबारेमा समेत विज्ञसंग परामर्श गरी मन्त्रालय तयारीमा जुटिसकेको दावी गरे ।

मन्त्री तामाङले आफू हरेक काम पारदर्शी ढंगले अघि बढाउन चाहने भन्दै मन्त्रालयका कर्मचारीलाई समेत त्यहि रुपमा कार्य गर्न निर्देशन दिए । ‘मेरो काम कार्यशैली पारदर्शी हुनेछ, सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण गर्ने र नागरिकलाई बचाउने नै हो । जनतालाई सहज ढंगले कोभिड परीक्षण, उपचार र खोपको सुनिश्चिता लागि काम हुनेछ । त्यसका लागि मैले प्राथमिकता निर्धारण गरी काम अघि बढाईसकेको छु,’ उनले भने ।

स्वास्थ्य जनताको मौलिक हकको विषय भएको भन्दै उनले बीमा कार्यक्रमको पुन्रसंरचना गरी सो कार्यलाई अघि बढाउने बताए ।

हरेक दिन आज अन्तिम दिन हो भने जसरी काममा खटिने उनले प्रतिवद्धता जाहेर गरे । सो अवसरमा आफूले सम्पती विवरण सार्वजनिक गरेको समेत घोषणा गरेका थिए । उनले सो सम्पत्ती विवरण भने वेवसाइटमा राखिने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *