भेरोसेल लगाउन काठमाडौँ महानगरले तोक्यो ३२ वटा खोप केन्द्र (तालिका सहित)

काठमाडौँ, २४ जेठ । काठमाडौँ महानगरपालिकाले भोलिबाट सुरु हुन लागेको कोभिडबिरुद्धको खोप भेरोसेल लगाउने अभियानका लागि खोप केन्द्र तोकेको छ । महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको हो । महानगरपालिकाले २५ देखि २९ जेठसम्म खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।

यसपटक ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई पहिलो खोप दिइने भएपनि महानगरपालिकाले उमेर अनुसार खोप लगाउने तालिका बनाएको छ ।

महानगरपालिकाका स्वास्थ्य प्रमुख हरि कुँवरका अनुसार २५ जेठमा ६४ बर्ष, २६ जेठमा ६३ बर्ष २७ जेठमा ६२ बर्ष २८ जेठमा ६१ बर्ष र २९ जेठमा ६० बर्ष उमेर समूहकाले खोप लगाउन पाउने गरी तालिका तोकेको छ ।

कहाँ कहाँ तोकियो खोप केन्द्र ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *