स्टार अस्पतालले सुरू गर्‍यो ‘न्युट्रालाइजिङ एन्टीबडी’ जाँच

काठमाडौँ, २३ जेठ । विश्वभर फैलिएको कोभिड – १९ को महामारीसंगै संगै नयाँ नयाँ जाँचहरुका आविस्कार भइरहेका छन् । कोभिड -१९ को पहिचानको निम्ति आरटी पीसीआर तथा पछिल्लो समय रोकथामका लागि खोप आइसकेको छ ।

नेपालमा अहिलेसम्म करीव २१ लाख जनताले पहिलो चरण र करीव ७ लाख जनाले दोस्रो चरणको खोप लिइसकेका छन् । विज्ञहरुले यो महामारीलाई पूर्ण रुपमा नियन्त्रणमा लिन खोप विना सम्भव छैन् भनिसकेका छन् । विज्ञको राय अनुसार सरकारले सबै नागरिकलाई निशुल्क खोपको व्यवस्था गर्ने र खोप व्यवस्थापन अहिलेको प्राथमिकता परेको बताउँदै आएको छ ।

तर,  फेरी पनि कतिपयले प्रश्न गर्छन् के हामी खोप लगाईसकेपछि पूर्ण सुरक्षित हुन्छौँ ? यो प्रश्नको उत्तर अव न्युट्रालाइजिङ एन्टीबडी जाँच पछि मात्रै दिन सकिन्छ ।

सानेपास्थित स्टार अस्पतालले न्युट्रालाइजिङ एन्टीबडी जाँच गर्न थालेको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज एवं मोर्डन टेक्निकल कलेजका प्रिन्सिपल गोविन्द अकेलाले भने, ‘सम्भवत नेपालमै पहिलो पटक हामीले यो प्रविधि भित्र्याएका छौँ । यसले खोप पछि विकास हुनुपर्ने एन्टीवडी विकास भएको छ कि छैन् ? खोप पछि तपाईँ कति सुरक्षित हुनुहुन्छ त्यसबारेमा जान्न सकिन्छ ।’

उनले कन्फ्युजनमा रहेका व्यक्तिहरुले यो जाँच गरि ढुक्क भएर बस्न सकिने बताए । एक घण्टामै रिपोर्ट आउने यो जाँचको लागि अस्पतालले १ हजार ५ सय रुपैयाँ शुल्क तोकेको छ ।

के हो यो न्युट्रालाइजिङ एन्टीबडी जाँच ?
कोभिड १९ को विरुद्धमा रोग प्रतिरोधात्मक क्षमताको विकासको बारेमा थाहा पाउन न्युट्रालाइजिङ एन्टीबडी जाँच गरिन्छ । सामान्यत कोभिड १९ को संक्रमण पछि र खोप लगाईसकेपछि प्रायजसो व्यक्तिहरुमा एन्टीबडीको विकास हुने गर्दछ । तर महत्वपूर्ण कुरा के भने सबैमा न्युट्रालाइजिङ एन्टीबडीको विकास हुन्छ भन्ने छैन् ।

न्युट्रालाइजिङ एन्टीबडी विकास भएको छ कि छैन् भनेर जाँच गर्ने विधि नै न्युट्रालाइजिङ एन्टीबडी जाँच हो । कोभिड १९ को संक्रमण पश्चात अथवा खोप लगाईसकेपछि शरीरमा न्युट्रालाइजिङ एन्टीबडी विकास हुन्छ ।

यो एन्टीबडीले भाइरसको रिसेप्टर वाइन्डिङ डोमेनलाई हाम्रो शरीरको कोषहरुसंग अन्तरक्रिया गर्नबाट जोगाउँछ । जसले गर्दा भाइरस हाम्रो शरीरको विभिन्न अंगहरुमा सजिलैसंग फैलिन पाउँदैन । कोभिड १९ का कारण देखिने जटिल लक्षणहरु देखा पर्दैन ।

स्टार अस्पतालका प्रयोगशाला ईन्चार्ज अकेला भन्छन्, ‘यो जाँचले खोपले कति काम गरेको छ भन्ने कुराको एकीन गर्न सकिन्छ । खोपले काम गरेको छ कि छैन थाहा हुन्छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *