देशभर थप ६८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु


काठमाडौँ, २० जेठ । पछिल्लो चौबिस घण्टमा देशभर थप ६ हजार ८२५ जना कोरोना संक्रमित थपिएका छन् ।

यहि अवधीमा थप ५ हजार ९०४ जना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । त्यसैगरी आज थप ७५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ हजार ६३० , भक्तपुरमा १२९ र ललितपुरमा २९८ जना गरी थप २ हजार ५७ जना थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार चौविस घण्टामा थप १८ हजार ५६२ जनाको पीसीआर र ३ हजार २११ जनाको एन्टीजेन विधिबाट गरी कुल २१ हजार ७७३ जनाको कोभिड १९ परीक्षण भएको थियो । सो परीक्षणबाट कुल ६ हजार ८२५जनाको कोरोना रिपोट पोजेटिभ आएको हो ।

यी सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ र निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ रहेको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ४ सय ४४ जना र भेन्टीलेटरमा ३९८ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *