काठमाडौँ उपत्यकाको निषेधाज्ञा ३१ जेठसम्म थपियो

काठमाडौँ, १९ जेठ । काठमाडौँ उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा थप भएको छ । ब बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले २१ जेठ देखि थप १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

गत १६ बेशाख देखि शुरु भएको उपत्यकाको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको थियो । पछिल्लो साता लकडाउनलाई निकै कडा बनाइएको थियो । जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल विहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

उनले जोखिम कम भएपनि कोरोनाको चेनब्रेक गर्न केही समय थप निषेधाज्ञा लगाउनु पर्ने विज्ञहरुको सुझाव समेतलाई हेरेर यस्तो निर्णय लिइएको बताए ।

यसपटक निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *