चीनबाट आएको भेरोसेल खोप २५ जेठ लगाईने, ६० देखि ६४ बर्ष उमेर समूह प्राथमिकतामा

काठमाडौँ, १८ जेठ । सरकारले चीनबाट ल्याएको कोभिडबिरुद्धको खोप भेरोसेल आगामी २५ जेठबाट लगाउन शुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसपटक सो खोप ६० देखि ६४ बर्ष उमेर समूहकालाई दिइने छ ।

यसअघि सो खोप १८ देखि ५९ बर्ष उमेर समूहकालाई मात्रै दिईएको थियो । तर यसपटक विश्व स्वास्थ्य संगठनले भेरोसेललाई ६० बर्ष मािथका उमेर समूहलाई पनि दिन सकिने निर्णय गरेपछि आफूहरुले पनि सो निर्णय गरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तानाराथ पोखरेलले बताए ।

नेपालमा खोप अभियान अन्तरगर्त यसअघि कोभिसिल्डको पहिलो डोज ६५ बर्ष माथिका समूहलाई समुदायस्तरमा दिई सकिएको छ । यस्तै भेरोसेल ५९ बर्ष मुनिका नागरिकलाई दिइएको छ ।

त्यसबीचको ६० देखि ६४ बर्ष उमेर समुहलाई खोप दिने गरी समुदायस्तरमा खोप गएको छैन् ।

यो उमेर समूहमा साढे आठ लाख नागरिक रहेका छन् ।

तर, चीनबाट अहिले १० लाख खोप आएकोले यसबीचमा पर्ने उमेर समुहका व्यक्तिलाई दोस्रो डोज सुनिश्चित गरी दिईन लागिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *