बेईजिङबाट आयो ८ लाख डोज भेरोसेल खोप

168
Shares

काठमाडौँ, १८ जेठ । कोरोनाबिरुद्धको थप ८ लाख डोज खोप काठमाडौँ  भित्रिएको छ । नेपाल एयरलायन्सको वाइडबडी विमानले चीनको राजधानी बेइजिङबाट थप आठ लाख डोज भेरोसेल खोप ल्याएको हो ।

यसअघि आज विहान हिमालय एयरलायन्सले तिव्वतबाट ५४ हजार डोज भेरोसेल ल्याएको थियो । बाँकी करीव डेढ लाख खोप तिव्वतबाट आज बेलुका भोलि विहान र भोलि साँझ हुने चार्टर उडानबाट ल्याइने हिमालय एयरलायन्सले जनाएको छ ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सीबीच भएको टेलिफोन बार्तापछि तत्काल थप १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल अनुदानमा दिएको थियो ।

खोप लिन नेपाल एयरलायन्सको विमान हिजोराती ११ बजे बेइजिङ प्रस्थान गरेको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *