देशभरका सरकारी अस्पतालमा पत्रकारको उपचार निशुल्क

काठमाडौं, १६ जेठ । आगामी आर्थिक बर्ष देखि देशभरका सरकारी अस्पताल (स्वास्थ्य संस्था)मा पत्रकारको उपचार निशुल्क हुने भएको छ । शनिबार (हिजो) सार्वजनिक भएको आर्थिक बर्ष २०७८/७९ को बजेटमा श्रमजिवी पत्रकारहरुको उपचार सरकारी अस्पतालमा निशुल्क हुने व्यवस्था गरिएको उल्लेख छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्यमा भनिएको छ, ‘आगामी १ साउन देखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देश भित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु ।’

सोही वक्तव्यमा श्रमजिवी पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना विमा गरी विमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइनेछ भनेर समेत उल्लेख गरिएको छ । विमा सुविधाका लागि उपचार सुविधामा जस्तो मापदण्ड भने तोकिएको छैन् ।

नेपालमा पत्रकार महासंघको सदस्यता नलिएका पत्रकारहरुको संख्या समेत ठूलो छ ।

कतिपय पत्रकारहरुले महासंघ सदस्यहरुलाई मात्रै उपचार सुविधा दिने निर्णयको आलोचना समेत गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *