स्वास्थ्यको लागि यो बर्षको बजेट प्रगतिशील छ : पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती

डा. सेनेन्द्रराज उप्रेती पूर्व स्वास्थ्य सचिव

पहिलो कुरा बजेटको झण्डै साढे ७ प्रतिशतको हिस्सा स्वास्थ्यले पाएको छ । स्वास्थ्यमा यति धेरै हिस्सा यसअघि छुट्याइएको थिएन । हालाकी यसपटक कोभिडको कन्टेक्टमा बढी देखिएको छ ।

तर, मलाई के लाग्छ भने अहिलेको बजेट विनियोजनको सन्देश ले आगामी बर्ष पनि बजेटको आकार बढाउन दवाव हुन्छ । किनभने स्वास्थ्य क्षेत्रमा चाहिएको बेलामा मात्रै पैसा हालेर हुँदैन् सिस्टम निर्माण गर्नुपर्छ भन्ने कुरा त अहिले थाहा भयो नि । त्यसैले अहिले ३२ – ३४ अर्व जो बढेर आएको छ ।

प्रतिशतको हिसावमा पनि बढेको छ । १० प्रतिशत बजेट पुरयाउन पर्छ भन्ने त हो तर यो परिस्थितिमा एकै पटक भन्दा पनि विस्तारै बढाउँदै लैजानु पनि राम्रो मान्नु पर्छ ।

अहिले प्राथमिकता कोभिडले पायो । त्यसैगरी निरोगी नेपाल अभियानले पनि प्राथमिकता पाएको छ । नसर्ने रोगको लागि पनि पटक पटक उल्लेख गरिएको छ । त्यो पनि बजेटको सुन्दर पक्ष हो । मातृ स्वास्थ्यमा पनि कति ठाँउमा प्रतिक्षालय बनाउने भन्ने कुरा जो आएको छ यो पनि राम्रो कुरा हो । सुत्केरी हुने बेलामा महिलाहरु गएर बास बस्ने खाने अस्पतालको छेउमा, त्यो भयो भने विग्रिसकेपछि मात्रै पुग्ने जुन हाम्रो अवस्था छ त्यो हुन पाउँदैन, भै हाल्यो भने पनि त्यो जटिलता समयमै समाधान हुनसक्छ ।

देशको विशम परिस्थितिमा आएको यो बजेटलाई मैले त राम्रो मानेको छु तर यसको कार्यान्वयनमा जोड दिन चाहन्छु । यसको पूर्ण कार्यान्वयन गर्न सकियो भने प्रतिफल राम्रो आउँछ ।

खोपका लागि प्रसस्त पैसा छुट्याइएको छ । समयमै खोप किनेर लगाउन सकियो कोरोनाको तेस्रो लहर आउँदैन । उपचारका लागि छुट्याएको पैसा पनि बच्छ । त्यो रकम स्वास्थ्यकै अरु क्षेत्रमा पनि लगाउन सकिन्छ । त्यसैले खोपको डिप्लोमेसीलाई अलि बढाउनुपर्ने देखिन्छ ।

एक शव्दमा भन्नु पर्ने हो भने स्वास्थ्यका लागि विनियोजित यो बर्षको बजेट समयानाकुल र प्रगतिशील छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *