भेरी अस्पतालको घटनालाई चिकित्सक संघले भन्यो, ‘कालो दिन’

काठमाडौँ, १४ जेठ । नेपाल चिकित्सक संघले भेरी अस्पतालमा हिजो राती भएको घटनालाई कालो दिनको संज्ञा दिएको छ । उसले सम्पूर्ण फ्रन्टलाइनर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आज एक दिन कालोपट्टी बाधेर काम गर्न आग्रह गरेको छ ।

बिहीबार बेलुका साढे ९ बजे भेरी अस्पतालमा एक जना कोरोना संक्रमणमा परेका बिरामीको मृत्युपछि आफन्तहरुले उपचारमा सम्लग्न चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरेका थिए । ज्यान जोगाउन चिकित्सक तथा नर्सहरु अस्पतालको एक तल्ला माथिबाट हामफाल्न बाध्य भएका थिए ।

संघका महासचिव डा बद्री रिजालद्धारा जारी विज्ञप्तीमा महामारीको बेलामा स्वास्थ्यकर्मीहरुको मनोवल बढाउनुको सट्टा हात पात गर्ने, घाटी थिचेर लखेटी लखेटी पिटने काम भएको र यस्तो भिडबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको जीवन असुरक्षित भएको बताएको छ ।

उनले २०७६/ १२/ २२ को मन्त्रिपरिषद निर्णय अनुसार कोभिड रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको कार्यसम्पादनमा विरोध गर्नेलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने निर्णय गरेकोमा सो निर्णयलाई र यस्ता आपराधिक गतिविधिमा सम्लग्न भएकाहरुलाई नन बैलएवल अफसेन्सको रुपमा कारवाही गर्न अध्यादेशमार्फत कानून बनाउन समेत माग गरेको छ ।

यस्तो छ विज्ञप्ती

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *