भेरी अस्पताल घटनाको सरकारी चिकित्सक संघद्धारा निन्दा

काठमाडौँ, १४ जेठ । भेरी अस्पतालमा बिहीबार राती चिकित्सक, नर्स तथा उपचारमा खटिएका अन्य स्वास्थ्यकर्मी माथि भएको आक्रमणको सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले बिरोध जनाएको छ । उसले स्वास्थ्यकर्मी माथि हातपात गर्नेलाई गैर जमानती हिरासत (जेल वीदआउट वेल)को नियम तत्काल लागू गर्न माग गरेको छ ।

गम्भीर अवस्थामा उपचाररत एक जना कोरोना संक्रमितको ज्यान गएपछि बिरामीका आफन्तहरुले विहीबार राती साढे ९ बजे आइसीयू कक्ष तोडफोड गर्दै उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गरेका थिए । चिकितत्सक तथा स्वास्थ्यकर्मीहरु एक तल्ला माथिबाट हामफालेर ज्यान जोगाएको थिए ।

गोदानका अध्यक्ष डा रविन खड्का र महासचिव डा. कीर्तिपाल सुवेदीद्धारा जारी विज्ञप्तीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा गम्भीर भई सम्वन्धीत अपराधीहरुलाई हदैसम्मको अपराध मुद्धा चलाई कडा कारवाही गर्न सरकारसंग माग गरेको छ ।

आक्रमणपछि भेरी अस्पताल राती देखि नै तनावग्रस्त भएको छ । स्वास्थ्यकर्मीहरु काममा फर्किन डराईरहेका छन् । स्थानीय प्रशासनले राती देखि नै चिकित्सक तथा नर्सहरुसंग बार्तामा बसी स्थितिलाई सामान्य गराउने कोशिश गरेको बताएको छ । राती देखि नै अस्पतालको सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको समेत जानकारी दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *