सिभिल अस्पतालमा उपचाररत विपन्न बर्गका कोभिड संक्रमितलाई खाना खुवाउँदै पाटन रोटरी क्लब

164
Shares

काठमाडौँ, १२ जेठ । रोटरी क्लव अफ पाटनले निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा कोभिड- १९ को उपचार गराईरहेका विपन्न बर्गका बिरामीको खाना व्यवस्थाका लागि आर्थिक सहयोग गरेको छ ।

रोटरीले कोभिड -१९ को उपचार गराईरहेका ५० जना बिपन्न वर्गका बिरामीलाई ४५ दिनसम्म निशुल्क खाना खुवाउनका लागि ४ लाख ५० हजार रुपैयाँ अस्पताललाई सहयोग गरेको हो ।

मंगलबार अस्पतालमा आयोजित सम्छिप्त कार्यक्रममा पाटन रोटरी क्लवको तर्फबाट डा प्रकाशराज रेग्मीले निजामति कर्मचारी अस्पतालका निर्देशक डा विधाननिधी पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

उनले महामारीका बेला सबैले आफूहरुले विपन्नका लागि सानो सहयोग गरेको बताए । कोरोना महामारीको समयमा सबैले जे जस्तो सकिन्छ, त्यो गर्नुपर्छ भन्दै डा रेग्मीले कोभिडको उपचारमा क्रियाशिल अन्य केही अस्पतालहरुमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीहरु र सहायकहरुलाई स्वास्थ्य सुरक्षा सामग्रीका लागि समेत सहयोग गर्ने तयारी रहेको बताए ।

अस्पतालका निर्देशक पौडेलले सहयोग गरेकोमा रोटरीलाई धन्यावाद दिदैं सहयोग रकमको प्रभावकारी रुपमा सदुपयोग गर्ने बताए ।

रोटरी क्लव अफ पाटनले महामारीबिरुद्धको अभियानमा विभिन्न अस्पतालमा अग्रपंक्तिमा खटिएका सवस्थ्यकर्मी र सहायकका लागि समेत गरी २० लाख रुपैयाँ बराबरको सहयोग गर्ने योजना बनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *