सातवटा प्रदेशका सरकारी तथा निजी गरी ४५ वटा अस्पतालमा कोभिड उपचार निशुल्क (सूची सहित)
काठमाडौँ, १२ जेठ । सरकारले कोरोना संक्रमित निशुल्क उपचार गर्न सातवटै प्रदेशमा गरी ४५ वटा अस्पतालसंग सम्झौता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती अस्पतालहरुमा कोभिड -१९ केयर युनिट सञ्चालन गर्न सम्झौँता गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार ती अस्पतालमा संक्रमितहरुले उपचार गर्दा पैसा लाग्दैन् । अस्पतालहरुले बिरामीको उपचार गरेवापतको खर्च मन्त्रालयसंग सोधनभर्ना लिनेछन् । मन्त्रालयले थप अस्पतालसंग पनि सम्झौँता गर्दै जाने बताएको छ ।
हेर्नुहोस् सूची


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



