कोरोनाका कुल संक्रमित मध्ये देशभर २२४० जना आइसीयू र भेन्टिलेटरमा


काठमाडौँ , ६ जेठ । नेपालमा कोरोना कुल संक्रमित मध्ये देशभरमा रहेका कोभिड अस्पतालमा २ हजार २ सय ४० जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका कोभिड अस्पतालमा १ हजार ७ सय ४८ जना आइसीयू र ४ सय ९२ जना संक्रमित भेन्टिलेटरमा गरी २ हजार २ सय ८४० जना उपचाररत छन्।

प्रदेश नं १ मा १९४१ आइसीयू र ५६ भेन्टिलेटरमा, प्रदेश नं २ मा २२५ आइसीयू र ५६ जना भेन्टिलेटरमा छन् । त्यसैगरी सबैन्दा बढी बागमती प्रदेशमा ९४० आइसीयू र ३१४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १३३ जना आइसीयू र ३६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५३ जना आइसीयू र १५ जना भेन्टिलेटरमा, कर्णालीमा ५९ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *