कोरोना महामारी नियन्त्रणका लागि स्पेनबाट १४ करोड बढीको स्वास्थ्य सामग्री आउँदै

काठमाडौँ, ६ जेठ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि स्पेनले नेपाललाई १ मिलियन युरो (१४ करोड २५ लाख रुपैयाँ बढी)को स्वास्थ्य सामग्री सहयोग गरेको छ।

बुधबार राति राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको चार्टर विमान रेस्पिरेटर्स, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहित काठमाडौँका लागि उडेको स्पेनस्थित नेपाली राजदूतावासले जनाएको छ। सो विहान बिहीबार मध्यान्न १२ बजेसम्म काठमाडौँ अवतरण गर्ने तालिका छ ।

सामग्री लिएर स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा र अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमान सोही विमानमा नेपाल आउँदै छन् । निर्देशक म्याग्डी मार्टिनेज सोलिमानले स्वास्थ्य सामग्रीहरु बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गर्दैछन्।

दुतावासका अनुसार करीब ५ टन स्वास्थ्य सामग्रीमा १५ वटा रेस्पिरेटर, १० वटा अक्सिजन कन्सनटेटर, त्यसका लागि आवश्यक अन्य सामग्री, १ लाख ६० हजार एफएफपी२ मास्क, १ लाख २५ हजार एन्टीजेन टेष्ट किट, लगायतका स्वास्थ्य सामग्री आउँदै छ ।

यसअघि सहयोगका लागि अनुरोध गर्दै दूतावासले स्पेनको परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय र निजी क्षेत्र चेम्बर अफ कमर्सलाई पनि पत्राचार गरेको थियो।

यसैबीच बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्पेनका विदेशमन्त्री अराँचा गोन्जलेज लयसँग टेलिफोन कुराकानी गरेका थिए। उनले नेपाललाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकोमा स्पेन सरकारलाई धन्यवाद दिए।

टेलिफोन कुराकानीमा दुई देशबीचको हित र सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आइवेरिया एयरलाइन्सको चार्टर्ड विमानबाट नेपालमा रहेका ४७ स्पेनिसहरुलाई स्वदेश फिर्ता ल्याउने स्पेनको परराष्ट्र मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *