गण्डकी प्रदेशमा पनि बन्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिम्मेवारी भने मुख्यमन्त्री गुरुङले नै लिए

काठमाडौँ, ५ जेठ । गण्डकी प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थपिएको छ । यसअघि स्वास्थ्य सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको थियो ।

मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्रीमण्डल विस्तार गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेत थपेका थिए । तर, उनले सो मन्त्रालय आफ्नै मातहतमा राखेका छन् ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री रामशरण बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थपिएको र त्यो मुख्यमन्त्री अन्तरगर्त नै राखिएको बताए । उनले तत्काल मन्त्रिमण्डल विस्तार गर्ने योजना नभएकोले मुख्यमन्त्री गुरु ङ ले नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने बताए ।

‘यो कोभिडको महामारीका बेला स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने काम गर्नु पर्ने अवस्था आयो । त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थपियो ।  प्रदेश सरकारले तत्काल थप मन्त्रिमण्डल विस्तार गर्ने योजना छैन् । त्यसैले मुख्यमन्त्री आफैले यो मन्त्रालय राख्नु भएको छ । अब उहाँकै नेतृत्वमा तिब्रगतिमा कोरोना नियन्त्रणको काम अघि बढाउने योजना छ,’ मन्त्री बस्नेतले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनिसकेपछि आज बसेको मन्त्रिपरिषदको बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई सम्पूर्ण रुपमा कोभिड संक्रमितको उपचार गर्ने गरी कोभिड रोकथाम नियन्त्रण तथा उपचार केन्द्रको रुपमा परिवर्तन गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको सुनाए ।

प्रदेश सरकारमा छुट्टै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थप्ने काम यसअघि लुम्बिनी प्रदेशले गरेको थियो । त्यहाँ मन्त्रीका रुपमा भोजप्रसाद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेका छन् ।

आज विस्तारित मन्त्रीमण्डल यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *