अक्सिजन प्लान्ट स्थापना गर्न १२ वटा अस्पताललाई १६ करोड ८० लाख दिने निर्णय

काठमाडौँ, ४ जेठ । अर्थ मन्त्रालयले विभिन्न १२ वटा अस्पतालमा अक्सिजन पाइप लाइन र प्लान्ट स्थापना गर्न स्वास्थ्य मन्त्रालयलाई थप १६ करोड ८० लाख रुपैया बजेट खर्च गर्न सहमति दिएको छ ।

अर्थ मन्त्री विष्णु पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त रकम खर्च गर्न सहमति दिएका हुन् । मंगलबार स्वास्थ्य मन्त्रालयले विभिन्न १२ वटा अस्पताललाई अक्सिजन प्लान्ट गराउन थप बजेट निकासा गर्नुपर्ने भन्दै अर्थसंग सहमति मागेको थियो ।

कुन कुन अस्पतालले पाए बजेट ?
अर्थ मन्त्रालयका अनुसार अक्सिजन पाइप लाइन विस्तारका लागि दमौली अस्पताललाई ३० लाख रुपैयाँ दिने भएको छ ।
यस्तै अक्सिजन प्लान्ट निर्माणका लागि अरु ११ वटा अस्पताललाई डेढ करोड रुपैयाँका दरले बजेट निकासा गर्ने निर्णय गरेको हो ।

त्यसरी रकम प्राप्त गर्ने अस्पतालहरुमा स्याङजा अस्पताल स्याङ्जा, बैतडी अस्पताल बैतडी, डोटी अस्पताल डोटी, अर्घाखाँची अस्पताल अर्घाखाँची रहेका छन् ।

यस्तै पृथ्वीचन्द्र अस्पताल नवलपरासी, तौलिहवा अस्पताल कपिलवस्तु, पाल्पा अस्पताल पाल्पा, बर्दिया अस्पताल बर्दिया, प्रादेशिक अस्पताल तुलसीपुर दाङ, प्यूठान अस्पताल प्यूठान र तेह्रथुम अस्पताल तेह्रथुम रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *