चीनबाट थप ९७५ अक्सिजन सिलिन्डर १७५ अक्सिजन कन्सन्ट्रेटर आइपुग्यो

काठमाडौँ, ३ जेठ । मित्रराष्ट्र चीनबाट थप ९७५ अक्सिजन सिलिन्डर र १७५ वटा अक्सिजन कन्सन्ट्रेटर काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानले हिजो र आज चीनको राजधानी बेइजिङबाट सो परिमाणमा अक्सिजन सम्वन्धी सामग्री ल्याएको हो ।

गत शनिबार सो विमानले ओमानबाट ५६० वटा अक्सिजन सिलिन्डर ल्याएको थियो ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले आइतबार र सोमबार गरी चीनबाट क्रमश ४०० र ५७५ वटा अक्सिजन सिलिन्डर र १३० र २७ वटा अक्सिजन कन्सन्ट्रेटर काठमाडाँै ल्याएको बताए । उनले वाइडवडी विमान आज राती पुन बेइजिङ जाने र भोलि आउने, फेरी भोलि राती जाने पर्सी आउने र त्यसपछि अन्यत्र जहाँ स्वास्थ्य सामग्री लिन जाने बताए ।

कोरोना संक्रमण ह्वात्तै बढ्दा राजधानी काठमाडौँ सहित देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव भएको छ । प्रयाप्त अक्सिजन नहुँदा अस्पतालहरुले बेड क्षमता भएर पनि संक्रमित भर्ना गर्न सकेका छैनन् ।  यहि अभावलाई चिर्नका लागि चीन सरकारले २० हजार थान अक्सिजन सिलिन्डर उपलव्ध गराउने बताएको थियो । त्यसको बाँकी परिमाणको सामग्री स्थलमार्ग हुँदै आउने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *