पछिल्लो २४ घण्टामा थपिए ७३६८ जना कोरोना संक्रमित, ६६४८ डिस्चार्ज

काठमाडौँ, २ जेठ । नेपालमा पछिल्लो चौविस घण्टामा थप ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् । एकै दिन संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै हो । अहिले निको हुने दर ७४.६ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १९ हजार ५ सय ३९ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ७ हजार ३१६ र ३४४ जनाको एन्टीजेन परीक्षण गर्दा ५२ गरी थप ७ हजार ३६८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज थप १४५ जना संक्रमितको मृत्यु भएको छ । हिजो १८७ जनाको मृत्यु भएको थियो। यो संगै नेपलमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ९९८ पुगेको छ ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ पुगेको छ । क्वारेनटीनमा ७०१ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार ३१३ र भेन्टीलेटरमा ३८० जना उपचाररत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *