स्वास्थ्य मन्त्रालयले गर्‍यो दुई डाक्टर सहित एघारौँ तहका तीन जनाको पदस्थापन

14.9k
Shares

काठमाडौँ, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहमा भर्खरै बढुवा भएका दुई जना चिकित्सक सहित तीन जनाको पदस्थापन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले आइतबार मन्त्रस्तरीय निर्णय गर्दै डा पवनजंग रायमाझीलाई स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाको जिम्मेवारी तोकेका छन् ।

यस्तै डा रोशन न्यौपानेलाई भरतपुर अस्पतालको मेडिकल सुपरीटेन्डेनको जिम्मेवारी तोकेका छन् । यस्तै बरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झालाई प्रदेश स्वास्थ्य निर्देशनालयको २ नं प्रदेशको निर्देशक पदमा जिम्मेवारी तोकेको मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए ।

उपचारात्मक महाशाखामा यसअघि जिम्मेवारीमा रहेका डा मदनकुमार उपाध्यायको मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारीमा छन् । यस्तै भरतपुर अस्पताल र प्रदेश स्वास्थ्य निर्देशनालयमा निमित्तको भरमा चलेको थियो ।

मन्त्री त्रिपाठीले गत साता मात्रै तीन जना एघारौँ तहका स्वास्थ्यकर्मीहरुको जिम्मेवारी हेरफेर गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *