कोभिड नियन्त्रणको विषयमा विज्ञ तथा सरोकारवालासंग प्रधानमन्त्री ओलीको चार घण्टा छलफल

काठमाडौँ, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमण नियन्त्रणका लागि अव चाल्नु पर्ने रणनीतिको बारेमा विज्ञहरुसंग छलफल गरेका छन् । प्रधानमन्त्री पदमा पुर्ननियुक्त भएपछि शनिबार बालुवाटारमा सरकारी अधिकारी र विज्ञहरुलाई बोलाएर छलफल गरेका हुन् ।

‘छलफल करीब ४ घण्टा चल्यो, कोरोना संक्रमणको अहिलेको अवस्था के हो ? अब के गर्नुपर्छ ? अस्पतालको उपचार, आइसीयूको समस्या, अक्सिजनको समस्या र समाधानको उपाय, खोप आपूर्ति लगायतका विषयमा छलफल केन्द्रित थियो,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले भने ।

छलफलमा स्वास्थ्य मन्त्री हृदयेष त्रिपाठी, सचिव लक्ष्मण अर्याल, प्रमुख विशेषज्ञहरु, मेडिकल काउन्सिलका अधिकारीहरु, भाइरोलोजिष्ट, उपत्यकाका प्रमुख अस्पतालका निर्देशकहरु, निजी अस्पताल सञ्चालक, चिकित्सक संघका प्रतिनिधिहरु लगायत स्वास्थ्य क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सहभागी अधिकांशले अहिले अस्पतालमा अक्सिजनको समस्या बढी भएको भन्दै राज्यले तत्काल यसका लागि विशेष पहल गरी समाधान गर्नुपर्नै बताएका थिए । उनीहरुले बाहिरबाट तत्काल अक्सिजन कन्सन्टेटर, अक्सिजन कन्टेनर ल्याएर अहिलेको समस्या समाधान गर्नुपर्नै बताएका थिए । कतिपय सहभागीहरुले जनस्वास्थ्य संकटकाल लगाउन समेत प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्रीले अवस्था विकराल भएको र यसलाई समाधान गर्न सरकारले जुनसुकै कदम चाल्न पछि नपर्ने बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *