करुणा फाउन्डेसनद्धारा पाँचवटा अस्पताललाई ३० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ, १ जेठ ।  करुणा फाउण्डेसन नेपालले नेदरल्याण्ड्सका सहयोगी हातहरु मार्फत जुटाउन सकेको ३० थान अक्सिजन कन्सन्ट्रेटर ५ वटा अस्पतालहरुलाई बैसाख ३१ गते हस्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष डा. भगवान कोइराला तथा संस्थाका कार्यकारी निर्देशक दीपकराज सापकोटाले धुलिखेल अस्पताल, काभ्रेलाई ८ वटा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जलाई ८ वटा, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुलाई १० वटा, टीकापुर अस्पताल, कैलालीलाई २ वटा, आडारा, हुम्लालाई २ वटा सात लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै कार्यकारी निर्देशक सापकोटाले कोभिड– १९ बाट संक्रमित सिकिस्त बिरामीहरुका लागि अत्यावश्यक अक्सिजनको अभावले निकै कठिन अवस्था उत्पन्न भएको अवस्थामा थोरै भए पनि मानवीय सहयोग गर्न पाउँदा सन्तोष अनुभव गरेको बताए । उलने यस किसिमको सहयोगले अस्पतालहरुमा चिकित्साकर्मीले गरिरहेको उदाहरणीय कार्यमा मद्दत पुगेर केही जीवनहरु बचाउन सकिने विश्वास व्यक्त गरे ।

यसअघि फाउन्डेशनले सन् २०२० मा पनि कोभिड प्रतिकार्यमा समेत संस्थाले २ वटा आइसियु बेड, ३६५ वटा पिपिइ सेट, स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुलाई ३९ मेडिकल उपकरण किट, ९८६ एन ९५ मास्क लगताय खाद्य सामग्री, तथा सरसफाई सामग्री र उपकरणहरु सहयोग गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *