बुधबार देशभर थपिए ९३०५ जना कोरोना संक्रमित, ४४४४ जना संक्रमणमुक्त

काठमाडौँ, २९ बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर थप ९ हजार ३०५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ४ हजार ४४४ जना भने निको भई घर फिर्किएका छन् ।अहिले निको हुने दर ७४.९ प्रतिशत रहेको छ । त्यसैगरी थप १६८ जना संक्रमितको निधन भएको छ । हिजो सबैभन्दा बढी २२५ जनाको निधन भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा २० हजार ३ सय ६२ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ९ हजार २३८ जना र ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ६७ जना गरी थप ९ हजार ३०५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । क्वारेनटीनमा ५१७ जना छन् । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १ हजार २४१ र भेन्टीलेटरमा २८५ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *