युनिभर्सल मेडिकल कलेजले भन्यो, ‘४ बजेपछि अक्सिजनसहितको उपचार दिन सक्दैनौँ’

काठमाडौँ, २९ बैशाख । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले आज अपरान्ह ४ बजे पछि अक्सिजनसहितको उपचार दिन नसक्ने बताएको छ । उसले आफूलाई दैनिक ७ सय सिलिन्डर आवश्यकता रहेको र जिल्ला भित्रका तीन अक्सिजन उद्योग र अरु जिल्लाका उद्योगबाट समेत माग अनुसार अक्सिजन सप्लाई हुन नसकेको भन्दै ४ बजेपछि अक्सिजन सहितको सेवा दिन नसक्ने बताएको हो ।

उसले भर्ना भएका बिरामीलाई आ आफ्नो व्यवस्था आफै मिलाउन अनुरोध गरेको छ ।

कलेजका प्रमुख प्रशासकीय अधिकृत कमल ढकालका अनुसार अहिले पनि अस्पतालमा कोभिड १९ का ९० जनासहित दुई सय जना बिरामी उपचाररत छन् । तीमध्ये एक सय ८० जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार भइरहेको छ । तीमध्ये ४० जना बिरामी भेन्टिलेटरमा र ७० जना आईसीयूमा छन् ।

अस्पतालले एक साता अघि देखिनै अक्सिजन अभाव भएको जानकारी गराउँदै व्यवस्थापनका लागि पहल गर्न भनिरहेको भएपनि सो समस्याको समाधान हुन नसकेको जनाएको छ ।

यस्तो छ अस्पतालको विज्ञप्ती

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *