अक्सिजन प्रयाप्त नभएको भन्दै ग्राण्डीद्धारा थप बिरामी नलिने घोषणा

काठमाडौँ, २९ बैशाख । धापासीस्थित ग्राण्ड अस्पतालले थप बिरामी भर्ना नलिने भएको छ । बिरामीका लागि चाहिने प्रयाप्त अक्सिजन नपाएको भन्दै ग्राण्डीले थप बिरामी भर्ना तत्कालका लागि नलिने जनाएको हो ।

आज जारी विज्ञप्तीमा उसले भनेको छ, ‘सरकारको नियम अनुसार दैनिक १०० सिलिन्डरमात्रै पाइने भएकोले चाहेर पनि बिरामी थप भर्ना गरी उपचार गर्न असमर्थ भएका छौँ । अक्सिजनको मात्रा आवश्यकता अनुसार प्राप्त हुनासाथ भर्ना लिन्छौँ ।’

यसअघि अर्को ठूलो अस्पताल मेडिसिटी, अल्का, ओम, हेल्पि ङहेन्डस, मेडिकियर, दीर्घायू गुरु, नेपाल मेडिकल कलेज लगायतका राजधानीका साना ठूला थुप्रै अस्पतालले भर्ना रोकेको जनाएका छन् ।

सरकारले भने अक्सिजनको माग अत्यधिक बढेका कारण बर्तमान उत्पादन क्षमताले धान्न नसकेको बताएको छ । उनले थप उत्पादनका लागि प्रयासहरु भइरहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण अर्यालले दैनिक १५ हजार बढी सिलिन्डरको माग भइरहेको तर उत्पादन क्षमता दैनिक ८ ९ हजार रहेकोले व्यवस्थापन गर्न गाह्रो भएको बताएका थिए । उनले थप अस्पतालहरुमा अक्सिजन प्लान्ट र अक्सिजन उद्योगहरुको क्षमता बृद्धि गर्ने अभियानमा लागेको बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *