दुईवटा जहाज चार्टर गरी चीन र बंगलादेशबाट आइपुग्यो कोरोनाबिरुद्धको स्वास्थ्य सामग्री

काठमाडौँ, २८ बैशाख ।  दुईवटा जहाजमा चार्टर गरी चीन र बंगलादेशबाट कोरोनाबिरुद्धका प्रयोग हुने अत्यावश्यक उपकरण तथा औषधि ल्याइएको छ ।

हिजो बेइजिङ पुगेको नेपाल एयरलाइन्सको वाइडबडी विमानले चीन सरकारको अनुदान सहयोगमा आउने भनिएको २० हजार अक्सिजन सिलिन्डरमध्ये पहिलो खेपमा ४०० वटा अक्सिजन सिलिन्डर, १० वटा भेन्टिलेटर आइपुगेको छ ।

चीनबाट आएको स्वास्थ्य सामग्री

यस्तै सोही विमानले होङ्सी शिवम् सिमेन्ट उद्योगले नेपाल सरकारलाई उपलव्ध गराएको १७० वटा अक्सिजन कन्सन्ट्रेटर समेत ल्याइएको छ । सामान लिन वाइडबडी विमान गएराती साढे ११ बजे बेइजिङ प्रस्थान गरेको थियो ।

३२ हजार भाइल रेम्डेसिभिर पनि आइपुग्यो
यता कोरोनाका जटिल विरामीलाई प्रयोग गर्दै आइएको औषधि रेम्डेसिभिर (इन्जेक्सन) को ३२ हजार भाइल बंगलादेशबाट हवाई मार्ग हुँदै काठमाडौँ आइपुगेको छ ।

रेम्डेसिभिर लिनका लागि हिमालय एयरलाइन्सको विमान आजै दिउसो सवा १ बजे ढाका प्रस्थान गरेको थियो । त्यहाँबाट रेम्डेसिभिर लोड गरी अपरान्ह काठमाडौँको लागि उडेको विमान केही बेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले बताए ।

बंगलादेशबाट आएको रेम्डेसिभिर

उनले आएको ३२ हजार भाइल रेम्डेसिभिर मध्ये १० हजार भाइल नेपाल सरकारलाई बंगलादेश सरकारले अनुदानमा उपलव्ध गराएको र बाँकी २२ हजार भाइल आयान हेल्थ केयर प्रालिले ल्याएको बताए । उनले आएको औषधि भोलि विहानैबाट सरकारले तोकेको मापदण्ड अनुसार संस्थागत र व्यक्तिगत रुपमा वितरण हुने बताए ।

सरकारलाई उपहार प्राप्त भएको भनिएको १० हजार भाइल रेम्डेसिभिर बेक्सिम्को बंगालदेशबाट उत्पादित हो भने आयान हेल्थकेयरले ल्याएको २२ हजार भाइल इन्सेक्ट्रा फर्मास्युटिकल्सको उत्पादन हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *