उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं, २८ बैशाख ।  सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण अर्यालले कोभिडको महामारी बढेसंगै उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको बताए ।

उनले निजी क्षेत्रका अस्पतालहरुलाई एक तिहाई बेड मात्रै नन कोभिडलाई छुट्याएर बाँकी कोभिडको उपचार गर्नु भनेपनि त्यो भन्दा बढी नै बेडमा अहिले कोभिडको उपचार गरिरहेको जानकारी दिए ।

सचिव अर्यालले अहिलेको अवस्था आउन सक्ने आकलन गरिएपनि सोचे भन्दा छिटो बढेको बताए । ‘हामीले अवस्था ज्यादै विग्रीयो भने जेठ असारसम्म यो अवस्था आउला भनेका थियौँ, तर अहिले नै यस्तो अवस्था आइहाल्यो,’ उनले पछिल्लो पाँच हप्ताको तथ्यांक प्रस्तुत गर्दै संक्रमणदर निकै डरलाग्दो गरी बढेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले त्रिपाठीले बढ्दो महामारीमा सबै पक्ष र समुदाय एक जुट भएर नियन्त्रणमा लाग्नु पर्ने बताए ।

नले खोप खरीदमा कमिसनको कुरा आएको भन्दै त्यस्तो नभएको बताए । ‘मैले ४ डलरका दरले २० लाख डोज खरीद गरेको हुँ । त्यहि दरमा कसैले ल्याउन सक्छ भने हामीले एक करोड बढी खरीद गछौै,’ उनले अगाडी थपे, ‘बोल्दा बिचार गरेर बोल्नुस ।’

उनले चीनबाट भेरोसेल, रसियाबाट स्पुतनिक भी, अमेरिका र भारतसंग समेत थप खोप उपलव्धताका लागि आग्रह र प्रयास गरेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *