कोभिडबिरुद्धको खोप ‘भेरोसेल’को दोस्रो डोज २ जेठ देखि लगाईंदै

काठमाडौँ, २८ बैशाख । सरकारले चिनियाँ खोप भेरोसेल खोपको दोस्रो डोज लगाउने कार्य २ जेठ देखि शुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाले उपत्यका सहित सो खोप लगाएका आसपासका जिल्लालाई २ जेठ देखि दोस्रो डोज लगाउने तयारी थाल्न निर्देशन दिएको छ ।

भेरोसेल खोप पहिलो डोज लगाएको चार साता पछि दोस्रो डोज लगाउनुपर्ने भनिएको छ । सरकारले २५ चैत देखि भेरोसेल लगाउन थालेको थियो ।

शुरुमा उपत्यका तीन सहित ७ जिल्लामा १८ देखि ६० बर्षका व्यक्ति र त्यसमा पनि विशेष प्राथमिकता निर्धारण गरि खोप दिएको भएपनि पछि भने उपत्यकाका सहित अन्य केही जिल्लामा सर्वसाधारणले पनि खोप पाएका थिए ।

खोपशाखा प्रमुख डा झलक गौतमले भेरोसेल खोप लगाएका जिल्लाहरुलाई २ देखि ९ गतेसम्मका लागि खोप अभियान सञ्चालन गर्न निर्देशन दिइएको बताए । उनले अघिल्लो पटक जस्तो अस्पतालमा गएर खोप लगाउने अवस्था नभएकोले विद्यालय, कलेज तथा पार्टी प्यालेस जस्ता खुल्ला ठाँउमा भिडभाड नगरी खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिइएको सुनाए ।

चीन सरकारले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । सो खोप गत १६ चैतमा नेपाल आइपुगेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *