चीनले हस्तान्तरण गर्‍यो नेपाल पठाउने अक्सिजन सिलिन्डर र भेन्टिलेटर

तस्बिर : नेपालस्थित चिनियाँ दुतावास

काठमाडौँ, २७ बैशाख । चीनले नेपाल पठाउन तयार गरेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाललाई हस्तान्तर गरेको छ । आज एक कार्यक्रमका बीच चीनस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई त्यहाँको विदेश मन्त्रालयका उच्च अधिकारीले अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपालस्थित चिनियाँ दुतावासले नेपालका लागि पठाउन तयार गरिएको अक्सिजन सिलिन्डर तथा भेन्टिलेटर तस्बिर सार्वजनिक गरेको छ ।उसले पहिलो लटमा आउने सामग्री भएको बताएको छ ।   तर त्यसमा कति परिमाणमा सामान पठाउन लागेको भनेर खुलाइएको छैन् ।

चीनबाट नेपालमा २० हजार थान अक्सिजन सिलिन्डर ल्याउने भनिएको छ ।

सामान लिन आजै नेपाल एयरलायन्सको वाइडबडी विमान बेइजिङ प्रस्थान गर्दैछ । सो विमानले ४०० थान अक्सिजन शिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउने बताइएको छ ।

उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज राति ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र मङ्गलबार अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *