लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण सरकारी प्रयोगशालामा निशुल्क

काठमाडौँ, २६ बैशाख । सरकारले कोभिड- १९ को लक्षण भएका र संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सबै व्यक्तिको पीसीआर परीक्षण सरकारी प्रयोगशालामा निशुल्क गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले अबदेखि देशभरका सरकारी प्रयोगशालामा लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण निशुल्क गर्ने निर्णय गरेको हो ।

कोरोना अपडेट सुनाउने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइसीएस बैठकले गरेको निर्णय सुनाउने क्रममा सो जानकारी दिएका हुन् । उनले भनेका छन् , ‘देशभरका प्रयोगशालाहरुलाई यसै जानकारी मार्फत भन्न चाहन्छु लक्षण भएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण निशुल्क गरिदिनुहोला ।’

यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको एक हजार रुपैयाँ शुल्क लिइने गरिन्थ्यो । कतिपय स्थानीय निकायहरुले भने आफ्नै खर्चमा स्वाब संकलन गरी निशुल्क परीक्षण गराउँदै आएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *