चीनबाट ४०० सिलिन्डरसहित अरु स्वास्थ्य सामग्री पर्सी आईपुग्ने

काठमाडौँ, २६ बैशाख । आउदो २८ बैशाखका दिन चीनबाट ४०० अक्सिजन सिलिन्डरसहित कोरोनाबिरुद्ध प्रयोग हुने अन्य स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्ने भएको छ । ती सामग्री नेपाल बायुसेवा निगमको वाइडबडी विमानबाट आउने भएको हो ।

कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २७ बैशाखमा चीनको राजधानी बेइजिङ जाँदैछ ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रले कोरोनाको उपचारका लागि चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं। आरए–४२५१ को वाइडबडी जहाज २७ बैशाखमा चीनको राजधानी बेइजिङ जाने निश्चित भएको बताए । उनले सो जहाजबाट पहिलो खेपमा चार सयवटा सिलिन्डर आउने जानकारी दिए । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको थियो ।

सहायक प्रवक्ता मिश्रले भने, “२७ बैशाख रातको ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सो जहाज पाँच घण्टा ४५ मिनेटपछि बेइजिङ पुग्ने छ र त्यहाँबाट चार सयवटा सिलिन्डर र स्वास्थ्य सामग्री लिएर २८ बैशाखमा स्थानीय समयअनुसार १०ः३० बजे नेपालका लागि उड्ने छ, छ घण्टा २० मिनेटको उडानपछि २८ बैशाखमा नेपाल आइपुग्ने छ ।”

परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने जानकारी दिइन ।

स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *