कामपाबाट त्रिवि शिक्षण अस्पताललाई दश थान भेन्टिलेटर सहयोग

काठमाडौँ, २५ बैशाख । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगन्जलाई १० थान भेन्टिलेटर सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रमुख शाक्यले व्यक्ति–व्यक्तिलाई संक्रमण हुनबाटै बचाउनेतिर योजना केन्द्रित गरिनुपर्नेमा जोड दिए । भेन्टिलेटरको जम्मा मूल्य दुई करोड नौ लाख रुपैयाँ रहेको बताइएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा दिव्यासिंह शाहले अस्पतालमा आएका बिरामीलाई फिर्ता पठाउन नपरोस् भनेर क्षमता र जनशक्ति व्यवस्थापनमा जोड दिइएको बताइन् ।

अस्पतालमा अहिले दैनिक पाँच हजार लिटर अक्सिजन खपत भइरहेको छ । सोमध्ये दुई हजार लिटर आन्तरिक प्रणाली र तीन हजार लिटर बाह्य उत्पादनबाट व्यवस्थापन गरिएको छ । हरेक दिन यसको माग बढ्दै गएको र यसमा पनि कामपाको सहयोग आवश्यक रहेको प्राडा काफ्लेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *