डब्लुएचओद्धारा कोभिडबिरुद्धको चिनियाँ खोप भेरोसेललाई आपतकालीन प्रयोग अनुमति

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोप भेरोसेललाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ ।

डब्लुएचओले शुक्रबार यो खोपलाई आपतकालीन प्रयोगमा ल्याउनका लागि अनुमति दिएको हो । यसअघि डब्लुएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई अनुमति दिएको थियो ।

सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले चिनियाँ सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् ।

डब्लुएचओले आगामी दिनमा एक अर्को चिनियाँ कम्पनी सिनोभ्याकको खोपमा निर्णय लिने सम्भावना छ । यस्तै रुसी खोप स्पुतनिक भी को मूल्यांकन पनि डब्ल्यूएचओले गर्दै आएको बीबीसीको समाचारमा उल्लेख छ ।

सिनोफार्मले बनाएको खोप भेरोसेलको ८ लाख डोज नेपालमा समेत आएको छ । सो खोप करीब तीन लाख नेपालीले पहिलो डोज लिईसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *