शुक्रबार देशभर थपिए ९ हजार १९६ जना कोरोना संक्रमित, ५० जनाको मृत्यु

काठमाडौँ, २४ बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा देशभर थप ९ हजार १९६ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या नेपालमा कोरोना संक्रमण सुरुभए यताकै सबैभन्दा बढी हो । सोही अवधीमा थप ५० जना संक्रमितको निधन भएको छ । हिजो ५४ जनाको निधन भएको थियो । त्यसैगरी थप २ हजार ९०५ जना भने निको भई घर फिर्किएका छन् । अहिले निको हुने दर ७८.२ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १९ हजार ९ सय ८७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ९ हजार २३ जना र ४९५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय ७३ जना गरी थप ९ हजार १९६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । क्वारेनटीनमा ३८० जना छन् । त्यस्तै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *