आज र भोली प्रतिनिधि सभाका सांसदहरुको कोरोना परीक्षण हुँदै

काठमाडौँ, २२ बैशाख ।  प्रतिनिधि सभाको विशेष अधिवेशन प्रारम्भ हुनुअघि संसद्का पदाधिकारी तथा कर्मचारीको कोरोना परीक्षण हुने भएको छ । उनीहरुको यहि आज (बुधबार) र भोलि (बिहीबार) कोरोना परीक्षण हुन लागेको हो ।

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरू, सुरक्षामा खटिने कर्मचारी तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको पनि कोरोना परीक्षण हुनेछ । यसअघि हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि पदाधिकारी र सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो ।

सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार सभामुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूको परीक्षणका लागि नमुना सङ्कलन हुनेछ । यस्तै संसद्का महासचिव, सचिवहरू, कार्यव्यवस्था र सांसद सुविधा शाखाका कर्मचारीको नमुना सङ्कलन गरिने छ ।

सङ्घीय संसद्का सबै कर्मचारीको कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरिने छ । साथै पदाधिकारीका निजी सचिवालयमा कार्यरत कर्मचारीको नमुना सङ्कलन पनि बुधबार नै हुनेछ ।

यस्तै बिहीबार पनि परीक्षणका लागि नमुना सङ्कलन हुनेछ । बिहीबार सम्मेलन केन्द्रमा कार्यरत कर्मचारी, बैठकको सुरक्षामा खटिने सुरक्षाकर्मी, बैठक कक्षमा उपस्थित हुने सञ्चारकर्मीको नमुना सङ्कलन हुनेछ । यस्तै स्वकीय सचिवलगायतका कर्मचारी, चेकजाँचमा खटिने कर्मचारीको पनि बिहीबार नै नमुना परीक्षण हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भन्दै आगामी २७ बैशाखमा विशेष अधिवेशन बोलाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *