लुम्बिनीका स्वास्थ्य मन्त्री दुई दिनमै परिवर्तन, नयाँ स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठ

बुटवल, २१ बैशाख । लुम्विनी प्रदेशको पुर्नगठित नयाँ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री दुई दिनमै फेरिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले गत आइतबार स्वास्थ्य मन्त्रीमा नियुक्त भएका हरि रिजालको जिम्मेवारी परिवर्त न गर्दै भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

यसअघि स्वास्थ्य मन्त्री बनेका रिजाललाई भने ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् ।

नव नियुक्त स्वास्थ्य मन्त्री श्रेष्ठ रुपन्देही प्रदेश सभा २ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद हुन् । उनी यसअघि बुटवल नगरपालिकाका प्रमुख समेत बनेका थिए ।

मुख्यमन्त्री पोखरेलले गत ६ बैशाखमा लुम्बिनी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन गरेका थिए । त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्री रहेकी लीला गिरीलाई नै स्वास्थ्यको जिम्मेवारी दिइएको थियो । त्यसको दुई साता पछि १९ बैशाखमा मुख्य मन्त्री पोखरेलले पदबाट राजिनामा दिए र सोही दिन पुर्न नियुक्ति लिएका थिए । त्यस यताको दुई दिनमा स्वास्थ्यको दुई जना मन्त्री फेरिएको हो ।

लुम्बिनीको स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी भने सअघि संघीय स्वास्थ्य मन्त्रालयमा रहेका सहसचिव डा विकास देवकोटाले पाएका छन् । डा देवकोटाले सोमबारबाटै लुम्बिनीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *