काठमाडौँ उपत्यकामा मात्रै थपिए ३ हजार ८९३ जना कोरोना संक्रमित

176
Shares


काठमाडौँ, २१ बैशाख । मंगलबार काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ८९३जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै बढी हो । हिजो पनि उपत्यकामा  सबैभन्दा बढी ३ हजार ६६६ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार काठमाडौँमा २ हजार ७७९, ललितपुरमा ६०१ र भक्तपुरमा ५१३ गरी थप ३ हजार ८९३ जना थपिएका हुन् ।

त्यसैगरी बितेको चौबिस घण्टामा देशभर थप ७ हजार ६ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५५ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमण सुरुभए यताकै सबैभन्दा बढी हो । त्यसैगरी थप १ हजार ७७५ जना भने निको भई घर फिर्किएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ । क्वारेनटीनमा २५३ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६१६ र भेन्टीलेटरमा १७९जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *