एकैदिन थपिए ७ हजार ६६० जना कोरोना संक्रमित, ५५ जनाको मृत्यु


काठमाडौँ, २१ बैशाख । नेपालमा पछिल्लो चौविस घण्टामा थप ७ हजार ६ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५५जना संक्रमितको मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमण सुरुभए यताकै सबैभन्दा बढी हो । त्यसैगरी थप १ हजार ७७५ जना भने निको भई घर फिर्किएका छन् । अहिले निको हुने दर ८२ प्रतिशतमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको विवरण अनुसार १६ हजार १ सय ३१ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ७ हजार ५ सय ८७ जना र ५७१ जनाको एन्टीजेन परीक्षण गर्दा ७३ जना गरी थप ७ हजार ६ सय ६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ । क्वारेनटीनमा २५३ जना छन् । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६१६ र भेन्टीलेटरमा १७९जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *