प्रसूतिगृह अस्पतालले महिलाहरुका लागि ५० बेडको छुट्टै एचडीयू सञ्चालनमा ल्यायो

काठमाडौँ, २१ बैशाख । परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले कोरोना संक्रमित महिलाहरुको उपचारका लागि ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा ल्याएको छ । अस्पतालले कुपण्डोलमा रहेको आफ्नो नर्सिङ कलेज भवनलाई एचडीयू युनिट बनाएर सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालकी निर्देशक डा संगिता मिश्राले न्युन मध्यमबर्गीय महिलाहरुलाई सेवा दिने लक्ष्यका साथ एचडीयू सञ्चालनमा ल्याइएको बताइन । उनले ५० मध्ये १५ बेड गर्भवतीका लागि र ३५ बेड अन्य महिलाका लागि छुट्याइएको जानकारी दिईन ।

‘हामी कहाँ कोभिडका गम्भीर विरामी अर्थात आइसीयूमा राख्नुपर्ने संक्रमितको उपचार हुँदैन । सामान्य अक्सिजन लिनुपर्ने बिरामीका लागि मात्रै हामीले यो सेवा सुरु गरेका हौँ । विशेषगरी न्युन मध्यम वर्गका महिलाहरु अक्सिजन आवश्यकता भएपछि टेकु अस्पताल भर्ना हुन भन्दै जाने तर त्यहाँ बेड नपाउने अवस्था रहेछ । सो अवस्थामा सहयोग पुरयाउन हामीले एचडीयू सञ्चालन गरेका हौं । ५० बेडमा १५ बेड गर्भवतीलाई र ३५ बेड अन्य महिलालाई राखिएको छ,’ उनले भनिन् ।

दुई साता यता नेपालमा कोरोना संक्रमण तिब्र गतिमा बढेको छ । संक्रमण बढदै जाँदा आम सर्व साधारणले उपचारका लागि बेड पाउन मुस्किल भएको छ । सामान्य अक्सिजन सपोर्ट समेत नभएर कतिपय ज्यान समेत गएको खवरहरु सार्वजनिक भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *