बंगलादेशको रेम्डेसिभिर आज आएन

काठमाडौँ, २० बैशाख । बंगलादेशबाट एक साता अघि नै ट्रान्सपोर्टमा हालिएको सात हजार भाइल रेम्डेसिभिर औषधि आज काठमाडौँ आईपुग्ने भनिएको थियो । तर आज पनि आउन सकेन ।

आयातकर्ताहरुले अब भोलि (मंगलबार) बेलुकासम्म आइपुग्ने बताएका छन् । स्थलमार्गबाट आउँदै गरेको औषधि बोकेको गाँडी भारत बंगलादेशको बोर्डरमा केही समस्या हुँदा रोकिएको र निर्धारित समय भन्दा केही ढिलाई भएको बताएका छन् ।

पहिलो लटमा ३ हजार भाइल औषधि ल्याउँदै गरेका हाम्रो मेडि कन्सर्नका शम्भु कार्कीले बंगलादेश र भारतको बोर्डरमा हिजो देखि गाँडीहरु रोकिँदा आज आइपुग्ने भनिएको तालिकामा केही ढिलाई हुन पुगेको बताए । उनले भोलि बेलुका (मंगलबार)सम्म औषधि काठमाडौँ ल्याउने आफ्नो प्रयास रहेको दावी गरे ।

अर्को कम्पनी आयान हेल्थ केयर प्रालिले पनि भारत बंगालदेशको बोर्डरमा गाडी रोकिएको कारण रेम्डेसिभिर आउन ढिलाई भएको बताएको छ । उसले पनि सकेसम्म भोलि बेलुकासम्म औषधि नेपालमा वितरण गर्ने योजना रहेको स्पष्ट पारेको छ ।

औषधि व्यवस्था विभागले हाम्रो मेडि कन्सर्नलाई बेक्सिम्को बंगलादेशबाट २० हजार भाइल र आयान हेल्थ केयर प्रालिलाई इन्सेक्ट्रा फर्मास्युटिकल्स बंगलादेशबाट १० हजार भाइल आयत गर्न रेम्डेसिभिर चैतको अन्तिम साता अनुमति प्रदान गरेको थियो । सोही अनुमति अन्तरगर्तको दुई कम्पनीले पहिलो लटमा क्रमश ३ हजार र ४ भाइल रेम्डेसिभिर ल्याउन लागेका हुन् ।

यसैबीच औषधि व्यवस्था विभागले रेम्डेसिभिरको कृतिम अभाव सिर्जना गर्दै बढी मूल्यमा खरीद विक्री गरिएको गुनासो आएको भन्दै त्यस्तो नगर्न नराउन सम्वन्धीत पक्षलाई सचेत गराएको छ । उसले एमआरपी भन्दा बढी मूल्य नलिन र नदिन विक्रेता र खरीद कर्तालाई अनुरोध गरेको छ । केही सञ्चारमाध्यममा कृतिम अभाव सिर्जना गरी औषधिको कालोबजारी गरेको भन्ने समाचार आएको भन्दै त्यस्तो गरेको भेटिए कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *